Wednesday, March 16, 2016

pm sang asweet song

राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको अंग्रेजी गीत मन नपरेपछि उनले आफैं गीत लेखेका हुन् काठमाडौँ, जंगी अड्डा भद्रकालीमा आयोजित सेवा दल सिनियर डिभिजन ११ औं ब्याचको अन्तिम दीक्षान्त कवाज अवलोकनपछि प्रधानमन्त्रीले एरोबिक्समा बजाइएको अंग्रेजी गीत राम्रो नभएको भन्दै यसको विकल्पमा प्रयोग गर्न गीत लेखेर दिएका हुन् । क्याटेडहरुले कवाज, सामुहिक नृत्य, खुकुरी नृत्य, तेक्वान्दो पीटी प्रदर्शन गरेका थिए । अन्तिममा प्रस्तुत गरिएको एरोबिक्समा भने अंग्रेजी गीत बनाइएको थियो । त्यसअघिका प्रस्तुतिमा राष्ट्रिय भावनाले भरिएका नेपाली गीत थिए । सबै प्रस्तुति हेरिसकेपछि राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकका हैसियतमा बोल्दै उनले भने, ‘मेरो एउटा सानो सुझाव छ, एरोबिक्स देखाउँदा तपाईंहरुले बजाएको गीत मैले बुझिनँ ।’

Author:

0 comments: